Logo
Logo

मधेश मिडिया काउन्सिलका रजिष्ट्रार उपाध्याय भ्रष्टाचार मुद्धामा दोषी ठहर


1.1k
Shares

काठमाठौं । मधेश प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार कमलकुमार उपाध्याय भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

रजिष्ट्रार नियुक्त भए भएको दोस्रो दिनमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध गत वैशाख ९ मा विशेष अदालतमा मुद्दा दायर गरेकोमा बिशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, सदस्य एवम न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

उपाध्यायले बाराको पचरौता नगरपालिकाको दुईवटा ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएर बील भरपाइ बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेको भन्दै आयोगले अदालतमा मुद्दा दायर गरेको थियो ।

नियुक्त भएको २ दिनमै आयोगले उनीबिरुद्ध भ्रष्टाचार गरेको अघियोगमा मुद्दा चलाएपछि निलम्बनमा परेका थिए । नगरपालिकासँगको मिलेमतोमा उनले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेका थिए । उपाध्यायको कम्पनी केएस मल्टीपरपोज प्रालीलाई १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गरेको छ ।

उक्त कार्यमा संलग्नता देखिएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गराउने फैसला गरेको छ ।

नगरपालिकाका लेखापाल हासिम मिया अन्सारीले प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार भुक्तानी मात्रै दिएको तर उनी विरुद्ध ठोस एवम वस्तुतिष्ट प्रमाणबाट दोषी पुष्टि नभएपछि उनलाई सफाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्