Logo
Logo

मेटमणि विरूद्धको जाहेरी फिर्ताका लागि पत्राचार


4.7k
Shares

दाङ । दाङको क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय सांसद मेटमणि चौधरीविरूद्ध हुलाकमार्फत् चेक अनादर जाहेरी पठाएका व्यवसायीले जाहेरी फिर्ता गर्न पत्राचार गरेका छन् ।

रोल्पा घर भई पछिल्लो समय दाङको घोराहीमा बस्दै आएका निर्माण व्यवसायी धात बुढा मगरले जाहेरी फिर्ताका लागि आइतबार पत्र पाएको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

एकीकृत समाजवादीका सचेतक तथा उपमहासचिवसमेत रहेका चौधरीविरूद्ध बुधबार ५ करोड ४० लाखको चेक अनादरसम्बन्धि जाहेरी हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएका थिए । यो बीचमा जाहेरी पठाउने मगरलाई प्रहरीले चेक अनादरबारे परेको जाहेरी सनाखत गर्नका लागि पटक÷पटक बोलाउँदा पनि उनी नआएपछि जाहेरी दर्ता हुन सकेको थिएन ।

हुलाकमार्फत् आएको उजुरीमा हप्ता दिनभित्र पीडित भनिएका व्यक्ति मेटमणिविरुद्धको चेक अनादरसम्बन्धि उजुरी फिर्ता लिन प्रहरीमा पत्राचारतका लागि प्रहरी कार्यालय पुग्नुपर्ने व्यवस्था छ ।

‘अझैंपनि सम्बन्धित व्यक्ति आएर सनाखत गरे जाहेरी दर्ता गर्न मिल्छ,’ एसपी तिमिल्सिनाले भने, ‘यदि उहाँ आउनु नै भएन भने त प्रहरीले पनि केही गर्न सक्दैँन ।’ दबाव वा प्रभावका कारण प्रहरीमा गई उजुरी गर्न नसक्ने अवस्थामा पीडितले हुलाकमार्फत जाहेरी पठाउन सक्छन् । एसपी तिमिल्सिनाले त्यस्तो कुनै समस्या भए प्रहरीसँग निर्धक्क राख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्