काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्चले लामालाई सफाइ दिएको हो ।

लामा २४ साउन २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए । त्यतिबेला उनलाई १ करोड ४० लाख बिगो र एक वर्ष कैद सजाय तोकिएको थियो । तर, सर्वोच्च अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै उनलाई सफाइ दिएको छ ।
जेठ २०७० मा लामामाथि २७ करोड रुपैयाँ गैर कानुनी रूपमा आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।