Logo
Logo

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको फोन- ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन


14.2k
Shares

काठमाडौं । कांग्रेसले बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पास नहुने बताएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आफ्नै कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडललाई टेलिफोन गरेर उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।

देउवाले फोनमा पार्टीका साथीहरू नमानीरहेको अवस्था रहेकाले ‘टेक एण्ड पे’ नहटाउँदा अप्ठ्यारो पर्ने भो, यसलाई हटाएर मात्रै बजेट पारित गरौँ  भन्दै केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडलसँग कुराकानी गरेका हुन् । देउवाले यही विषयमा प्रधानमन्त्रीसँग छुट्टै छलफल गर्ने जनाइएको छ । 

प्रधानमन्त्री ओलीसँग देउवा आफैँ बैठकमा सहभागी भएर ‘टेक एण्ड पे’ को व्यवस्था हटाउन दबाब दिने बुझिएको छ । उर्जा मन्त्री खडकाले संसद्मा बोल्दापनि बजेटमा उक्त व्यवस्था संशोधन भएर आउने विश्वास आफूले राखेको बताएका थिए ।

काँग्रेसका सांसदहरूले निजी क्षेत्रलाई समाप्त पार्नका लागि यस्तो व्यवस्था बजेटमा राखिएको भन्दै विरोध गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्