काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार एक घण्टा लामो छलफल भएको छ ।

उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार बजेट पारित गर्ने, टेक एण्ड पे फिर्ता लिने र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने लगायत विषयमा छलफल भएर समझदारी जुटेको छ । जसलाई अहिले केही बेरपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सम्भावना छ ।
आजै मात्रै देउवाले ओली र अर्थमन्त्री विष्णु पौडेलसँग फोनमा कुराकानी गरेका थिए । यसअघि देउवाले टेक एण्ड पे फिर्ता लिन माग गरेका थिए । फिर्ता नलिए बजेट पारित नहुने चेतावनी दिएका थिए ।














