Logo
Logo

गृहमन्त्रीद्वारा भिजिट भिसा प्रकरणमा छानविन समिति बनाएको संसद्लाई जानकारी


1.2k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको संसदलाई जानकारी गराएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणको छानविन गर्न उच्चस्तरी समिति बनाएको संसदलाई जानकारी गराएका हुन् ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले पूर्वमुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा समिति गठन गरेको थियो । यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको उनले बताए ।

समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी ३ महिनाभित्र छानबिन गरि प्रतिवेदन बुझाउन निर्देशन दिइएको प िउनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्