Logo
Logo

मुद्दा तयार हुँदा महाप्रबन्धकको सरुवा


9.1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणको क्रममा भएको अनियमितताबारे अनुसन्धान प्रतिवेदन तयार पारिरहेको छ । अख्तियारले लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारेर विशेष अदालतमा मुद्दा पेश गर्ने तयारी गरेको छ । पोखरा विमानस्थल निर्माणको क्रममा अरबौ भ्रष्टचार भएको भन्दै संसदीय समितिले प्रतिवेदन सार्वजनिक गरेपनि अख्तियारले यसअघि नै अनुसन्धान गरिरहेको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको थियो  । विमानस्थलको निर्माण, ठेक्का प्रक्रिया र लागत बढाउँदा नीतिगत निर्णय गर्ने उच्चस्तरीय पदाधिकारी कसैको पनि नाम र जिम्मेवारी किटान गरिएको थिएन ।

अख्तियारले भने निर्माण प्रकृयामा संलग्न भई नियम विपरित कार्य गर्ने सबैलाई मुद्दा दायर गर्ने जनाएको छ । ‘पोखरा विमानस्थलको अनुसन्धान प्रतिवेदन तयार भैसकेको छ, फूल बैठक बस्न बाँकी भएकाले सामान्य व्रिफिङ गर्न बँकी छ, केही दिनमै फूल बैठक बसेर मुद्दाको प्रकृया अघि बढाउने निर्णय हुनेछ’, अख्तियार उच्च स्रोतले भन्यो ।

अख्तियारले विशेष अदालतमा मुद्दा लैजादै छ भन्ने सुइको पाएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुई वटा विमानस्थलका महाप्रबन्धकहरूको सरुवा गरेर आफू अनुकुलका प्रमाणहरू तयार पार्ने काम गरिरहेका छन् ।

महानिर्देशक अधिकारीले असार मसान्तपछि गर्नुपर्ने सरुवा मन्त्रीलाई समेत जानकारी नगराइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयको महाप्रबन्धकमा हंसराज पाण्डेलाई ल्याएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका पाण्डे प्राधिकरणको हेडक्वारटमा डिजी थिए उनी रेडिया ईञ्जियिर हुन् । महाप्रबन्धक बन्नका लागि नियमावलीअनुसार प्राविधिक नै आवश्यक पर्ने भएकाले उनलाई त्यहाँ ल्याइएको हो ।

पोखरा विमानस्थलकै बारेमा अख्तियारले मुद्दा दर्ता गर्न लागेको बेला ठूला टेण्डर र आयोजनाहरूको चेक काटेर भुक्तानी दिने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थल, नागरिक उड्डयन कार्यालयमा सरुवा गरेका छन् । अधिकारीले निरौलालाई असक्षम भनेर सरुवा गरेका हुन् वा अन्य कुनै कारण छ खुल्दै जानेछ । अधिकारी र निरौलाबीचको सम्बन्ध निकै सुमधुर रहेकोछ । उनीहरु दुवै मिलेर केही दिन नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा ग्रहशान्ति गर्ने भन्दै धामी झाक्री बोलाएर पूजा पाठ गराएका थिए ।

पोखरा विमानस्थलमा सरुवा भएका महाप्रबन्धक निरौला प्राविधिक होइनन् । महानिर्देशक अधिकारीको भित्रिया भएकै कारण त्रिभुवन विमास्थलबाट सिधै पोखरा विमानस्थलको महाप्रबन्धकमा पठाइएको स्रोतको दावी छ । महानिर्देशक अधिकारीले पोखरा र त्रिभुवन विमानस्थलका महाप्रबन्धकहरूलाई किन सरुवा गरेका हुन् प्रश्न उठेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाप्रबन्धकहरू अहिले सरुवा नगर्न महानिर्देशक अधिकारीलाई निर्देशन दिएका भएपनि यस्ता मन्त्री त आफूले धेरै देखेको भन्दै अटेर गरेका थिए ।

अख्तियारले विशेष अदालतमा मुद्दा लैजादै छ भन्ने सुइको पाएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुई वटा विमानस्थलका महाप्रबन्धकहरूको सरुवा गरेर आफू अनुकुलका प्रमाणहरू तयार पार्ने काम गरिरहेका छन् ।

आफूले विश्वास गरेको कर्मचारीलाई पोखरा किन पठाए दुई थरी प्रश्न उठेको प्राधिकरणमा चर्चा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न असक्ष भएर हो वा अधिकारीले भनेअनुसारको काम गर्न नसकेपछि निरौलालाई विश्वास नलागेर असार मसान्तमा चेक काटेर भुक्तानी गर्ने बेला लात हानेर पोखरा पठाएको हुन सक्ने चर्चा छ । पोखरा विमानस्थलमा भएका भ्रष्टाचारको कागजपत्रहरू मिलान गर्ने तथा फर्निचर लगायतका सामग्रीहरू बुझेर महानिर्देशक अधिकारीलाई चोख्याउने कार्य गर्नका लागि उनको सरुवा गरिएको आशंका छ ।

महानिर्देशक प्रदीप अधिकारीले भने अनुसार नै निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला योजना र ठेक्का प्रक्रियामा लैजान खोजेपछि हटाएर पाण्डेलाई ल्याएको चर्चा गरिएपनि यथार्थमा त्यस्तो नभएको र उनीहरुबीच राम्रो सम्बन्ध भएकाले पोखरा पठाइएको स्रोतले जनायो । मन्त्री पाण्डेका प्रिय पात्र प्रतापबाबु तिवारी भने अहिले काठमाडौंबाहिर रहेका छन् । मजदुर संगठनका श्रवण यादव भने मन्त्री र महानिर्दैशक अधिकारीको बीचमा कुरा लगाउने ‘नाराद’को भूमिकामा रहेका छन् ।

सार्वजनिक लेखा समितिले राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय छानविन उपसमिति बनाइ पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धन आयोगलाई छानविन गरी दोषी उपर कारबाही गर्न सिफारिस गरिसकेको छ ।

लेखा समितिले भ्रष्टाचारका मुख्य नाइके महानिर्देशक अधिकारीसहित निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्व महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही सिफारिस गरेको छ । ११ तहका अधिकारीलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आर्थिक प्रलोभनमा परेर महानिर्देशक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्