काठमाडौं । जापान जाने कामदारलाई १५ वर्षदेखि शोषण गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार विभाग प्रमुख प्रकाश स्नेहीले पाटीको केन्द्रीय समिति बैठकमा जापान जाने प्रशिक्षार्थी कामदारहरु १५ वर्षदेखि लुटिएको भन्दै पाटी नेतृत्व र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केन्द्रीय सदस्य स्नेहीले वैदेशिक रोजगार विभागले जान नाम गरेको एउटा एनजीओ खडा गरि १५ वर्षदेखि करोडौं लुट्नुका साथै हजारौं युवाहरुलाई कानुन विपरित जापान जानबाट रोकेको बताएका छन् । वैदेशिक रोजगार विभाग प्रमुख समेत रहेका स्नेहीले रास्वपालगायत अन्य दलका नेताहरुको संलग्नतामा नेपाली श्रमिकहरु लुटिँदा कानुनी निकाय मूकदर्शक भएर बसेको जनाएका छन् ।
नेपाल र जापानको कानुनले सिओई र भीसा समेत पाइसकेको कामदारलाई पुनः भाषा परीक्षा भन्दै जापान जानबाट रोक्ने र गएकाहरुबाट पनि मोटो रकम असुल्ने गरेको स्नेहीले सुनाए ।
उक्त विषयमा सर्बोच्च अदालतमा समेत मुद्दा चलिरहेको छ । जान भनिने जाइका अलमनाई एसोसिएसनले १५ वर्षदेखि कानुनविपरीत श्रमिकबाट रकम असुलेर सिण्डिकेट कायम गरिरहेको छ । स्रोतका अनुसार जानेले भीसा र सिओई पाइसकेका कामदारलाई परीक्षामा पास र फेलको बार्गेनिङ गरी रकम असुलिरहेको समाचार स्रोतले बताएको छ ।