Logo
Logo

श्रममन्त्री भण्डारी र सचिव पुष्करको द्वन्द्व


1.2k
Shares

काठमाडौं । श्रम मन्त्रालयले उत्पन्न गराएको भुँइचालोको पराकम्प अहिले सबै मन्त्रालयमा पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुष्कर कर्णको विवादले उग्ररूप लिदा मन्त्रालयबाट हराएको गाडी भेटिएपछि त्यसको पराकम्पले अन्य मन्त्रालयबाट दुरूपयोग भएका गाडी खोजतलास गर्न प्रधानमन्त्री कार्यालयबाट निर्देशन जारी भैसकेको छ ।

श्रम मन्त्रालयको गाडी भेटिए पनि मन्त्री भण्डारी र सचिव कर्णबीचको दुरी बढेको छ । मन्त्री भण्डारीले आफ्नो बेइज्जत गरेको महसुस गर्दै मन्त्रालयको काममा सचिवसँग परामर्श गर्नसमेत छाडेका छन् ।

सचिव कृष्णहरि पुस्करले मन्त्रालयको गाडी हराएको भन्दै खोजबिनका लागि गृह मन्त्रालयलाई सहयोग मागे । सचिवले गृह मन्त्रालयसँग सहयोग मागेपछि उक्त पत्र प्रहरीसमक्ष पुग्यो । त्यसपछि गाडी हराएको विषयले मन्त्रालयदेखि मिडियासम्म हलचल मच्चियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले त सचिव कर्णले गृह मन्त्रालयलाई गाडी खोजिदिनका लागि गरिएको पत्रचारलाई ‘स्टन्टबाजी’ गरेको भन्दै मन्त्रालयमै आलोेचान गरे ।

सचिव पुस्करले सचिवस्तरीय निर्णयबाट मन्त्रालयको स्वामित्वमा रहेको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको सरकारी महिन्द्रा स्कोर्पियो गाडी जहाँ जस्तो जुन अवस्थामा छ खोजतलास गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्राचार गर्न लगाए । एक कदम अघि बढेर साथै प्रचलित कानून बमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी, अनुसन्धान गरी कारबाही अगाडि बढाइदिनसमेत सचिव पुस्करले गृहलाई पत्राचार गरेपछि मन्त्री र सचिवबीचको द्वन्द झन् बढ्यो ।

उक्त गाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको छोरी डा. मिनाक्षी ठाकुरलाई दिएको सुईको पाएपछि सचिव पुस्करले श्रममन्त्री भण्डारीलाई ‘क्रस’ गरेर गृह मन्त्रालयमार्फत गाडी फिर्ता ल्याउने उपाए निकालेका थिए । यसअघि प्रधानमन्त्री कार्यालय हुँदै विभिन्न मन्त्रालयमा बसिसकेका सचिव पुस्कर अबको सरूवामा गृह मन्त्रालय जान खोजिरहेका छन् ।

यसअघि पनि गृहमा जान खोजेका सचिव पुस्कारलाई रोकिएको थियो । अहिले मन्त्री भण्डारीसँग विवाद निकालेर आफूमात्रै चोखो भएको देखाउन खोजिरहेका छन् ।

श्रम मन्त्रालयका एक कर्मचारीका अनुसार श्रममन्त्री भण्डारीका स्वकीयसचिव र सचिव पुस्करबीच कुरा नमिल्दा मिनाक्षी ठाकुरले चढेको गाडी फिर्ता ल्याउन गृह मन्त्रालयको सहयोग मागिएको हो । सचिवस्तरीय निर्णयबाटै पत्राचार भएपछि गाडी खोज्न प्रहरी सक्रिय भएपछि मन्त्री भण्डारीलाई अप्ठेरो परेको थियो ।

मन्त्रालयबाट पत्रचार भएको दुई दिनमै गाडी मन्त्रालय फिर्ता भएको थियो । श्रम मन्त्रालयले गृहलाई लेखेको एउटा पत्रले नै हराएको भनिएको उक्त गाडी मन्त्रालयमा आइपुगेको थियो । श्रम मन्त्रालयमा मन्त्री र सचिवले आफ्नो टिम बलियो बनाउन लागिपरेको चर्चा छ । अहिले कमलप्रसाद भट्टराई सचिव कर्णको जोडबलमा वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न सफल भएका थिए । मन्त्रालयमा कर्मचारी व्यवस्थापनमा पनि सचिव कर्ण नै हाबी भएका थिए ।

यतिबेला वैदेशिक रोजगार बोर्ड तथा कल्याणकारी कोषमा पनि श्रम मन्त्री र त्यहाँका बोर्ड अध्यक्ष तथा सदस्यहरुको मनोमानी चलिरहेको छ । श्रमिकले दुःख गरेर कमाएको पैसा जम्मा गरेर खडा भएको वैदेशिक रोजगार कल्याणकारी कोषको पैसामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीदेखि महन्थ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरसम्म दुबई घुमेर आएको पाइएको छ । उनीहरूले खर्च गर्न नमिल्ने वैदेशिक रोजगार कल्याणकाणी कोषको १८ लाख २६ हजार ९०८ रुपैयाँ भ्रमण खर्च बापत बुझेका छन् ।

वैदेशिक रोजगारीमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा प्रयोग गर्नुपर्नेमा श्रम मन्त्रालयका उच्च अधिकारीलाई दुबई घुम्नका लागि प्रयोग भएको थियो । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्राप्त विवरण अनुसार कल्याणकारी कोषको पैसाबाट दुबई घुमेर श्रममन्त्री शरदसिंह भण्डारीले ३ लाख ८४ हजार ३०६ रुपैयाँ भ्रमण खर्च लिएको फेला परेको छ ।

त्यस्तै तत्कालीन श्रम सचिव केवलप्रसाद भण्डारीले २ लाख ५० हजार ९१४ रुपैयाँ र वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले २ लाख ५९ हजार १२४ रुपैयाँ वैदेशिक भ्रमण खर्च लिएको पाइन्छ । बोर्डका सदस्य डा. दुर्गाप्रसाद खतिवडाले २ लाख ३५ हजार ३६ रुपैयाँ, मन्त्री भण्डारीका तत्कालीन निजी सचिव सुशिलप्रसाद आचार्यले २ लाख ४१ हजार ७३ रुपैयाँ र वैदेशिक रोजगार बोर्डको सचिवालयमा कार्यरत उपसचिव टिकाराम ढकालले २ लाख ४१ हजार ७३ रुपैयाँ भ्रमण खर्च लिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्