Logo
Logo

गण्डकीका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा : ६  करोडको अकुत सम्पत्ति


882
Shares

काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

आयोगका अनुसार, शर्माले ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको पाइएको छ । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, वि.सं. २०५४ माघ ८ गतेदेखि सेवा प्रवेश गरेका शर्माले २०८० कात्तिक १० सम्मको अवधिमा पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको हो ।

उनले अवैध सम्पत्ति पत्नी हुमा कुमारीको नाममा राखी सम्पत्ति विवरणमा लुकाएको आयोगको ठहर छ । शर्मा र उनकी पत्नीलाई प्रतिवादी बनाई भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ बमोजिम सम्पत्ति जफत तथा कैद सजायको मागसहित बुधवार आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्