Logo
Logo

तीनकुने घटना : एक जना कारागार चलान


2.1k
Shares

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न एक जनालाई कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले सतीश न्यौपानेलाई राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

The current image has no alternative text. The file name is: rajawadi-tinkune.jpg

सोही दिन दुई फरार प्रतिवादी विनञ्जय थापा र राजेन्द्र जि.सी. अदालतमा उपस्थित भएका थिए । अदालतले थापा र जि.सी.लाई जनही १५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए ।

तीनकुने प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने उक्त घटनामा अवैधानिक गतिविधि गरेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्