Logo
Logo

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक पुनः पक्राउ


819
Shares

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल फेरि पक्राउ परेका छन् । डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका कारण उनलाई पक्राउ गरिएको हो ।

त्यसपछि उनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो । प्रहरीले युनमाथि ‘विद्रोहको नेतृत्व’ गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

यसअघि उनी पहिलोपटक जनवरीमा पक्राउ परेका थिए । त्यतिबेला प्रहरीले उनको घरको तारबार काटेर उनलाई नियन्त्रणमा लिएको थियो । दुई महिनापछि अदालतले प्राविधिक कारण देखाउँदै रिहा गरेको थियो ।

अब यदि अदालतले दोषी ठहर गरेमा उनलाई आजीवन जेल वा मृत्युदण्डसमेत हुन सक्छ । अभियोजन पक्षले युनले उत्तर कोरियामा प्रतिक्रिया उक्स्याउन सैन्य ड्रोन पठाउन आदेश दिएको प्रमाण भेटिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्