Logo
Logo

 छैटौँ दिनपनि मधेश प्रदेशसभा बैठक अवरोध


252
Shares

नकपुरधाम । मधेश प्रदेश सभाको बैठक विपक्षी दलको अवरोधका कारण शनिवार छैटौँ दिनमा स्थगित भएको छ । बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराईले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा रहेका त्रुटि सच्याउन कार्यदल गठन भए पनि त्यसमा मन्त्रीलाई समावेश गरिएको भन्दै आपत्ति जनाए ।

The current image has no alternative text. The file name is: madesh_pradesh.jpg

उनले मन्त्री रहेसम्म कार्यदल स्वीकार नगर्ने र अवरोध जारी राख्ने अडान लिए । यसैबीच, सभामुख रामचन्द्र मण्डलले बजेटका त्रुटि सच्याउन गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा गठित ६ सदस्यीय कार्यदलमा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई समावेश गरिएपछि विपक्षीले लगातार अवरोध गरेका थिए । मण्डलले समय अभावले त्रुटि सच्याउन कठिन भएको भन्दै छलफलमार्फत विवाद समाधान गर्न आग्रह गरेका थिए, तर सहमति नजुटेपछि राजीनामा दिन बाध्य भए। राजीनामापछि मण्डलले विगतमा कार्यदलमा मन्त्री राख्ने अभ्यास नभएको र सरकारलाई अल्पमतमा राख्ने प्रचलन नरहेको बताए ।

गत बिहीबार सभामुख मण्डलको संयोजकत्वमा गठित कार्यदलमा मन्त्री यादवलाई समावेश गरिएकोमा विपक्षीले प्रश्न उठाएका थिए । विपक्षीले मन्त्रीलाई हटाउनुपर्ने माग राख्दै अवरोध जारी राख्ने अडान लिएपछि सभामुखले संसद् बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्