Logo
Logo

एमाले र कांग्रेस नौजवान पार्टी हुन् : योगेश भट्टराई


441
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिल्यै पुराना नहुने भन्दै एमाले र कांग्रेस अझै पनि युवा र ऊर्जावान पार्टी भएको बताएका छन् । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय पुराना दलहरू सकिएर नयाँ दलले स्थान लिने भन्ने भ्रामक भाष्य बनाइएको उल्लेख गरे । 

The current image has no alternative text. The file name is: yogesh-bhattrai.jpg

उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायतका नयाँ दलहरू त्यस्तो आशामा रहेको टिप्पणी गरे । ‘केहीले पुराना दलहरू सकिँदै छन्, अब नयाँ दलले स्थान लिन्छ भन्ने भाष्य बनाइरहेका छन् । रास्वपाका महामन्त्री कविन्द्रजीहरू पुराना दल सिद्धिएर आफूहरूले अवसर पाइने आशामा हुनुहुन्छ,’ भट्टराईले भने, ‘तर दाबी गरेर मात्रै नयाँ भइँदैन, नयाँ हुनुको आधार प्रमाणित गर्नुपर्छ ।’

उनले राजनीतिक दलहरू कहिल्यै पाको नहुने र मृत्यु पनि नहुने बताए । एमालेले हरेक महत्त्वपूर्ण मोडमा आफूलाई सैद्धान्तिक र राजनीतिक रूपमा रूपान्तरण गर्दै आएको उनको भनाइ थियो । ‘मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ, तर राजनीतिक दल कहिल्यै पाको हुँदैन । पुरानो भन्नाले स्थापना भएको समय बुझिन्छ । एमाले ७० वर्षअघि स्थापना भएको हो, तर आज पनि यो युवा र ऊर्जावान छ । कांग्रेस पनि उत्तिकै नौजवान छ । कतिपय सन्दर्भमा रास्वपाभन्दा पनि हामी बढी युवा छौँ,’ उनले भने, “एमालेले हरेक सङ्कटपूर्ण क्षणमा आफूलाई सैद्धान्तिक रूपमा रूपान्तरण गरेको छ ।”राजनीतिक दलको मृत्यु नहुने भन्दै भट्टराईले एमालेको सान्दर्भिकता र सक्रियता कायमै रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्