Logo
Logo

झाँक्रीले गल्ती स्वीकार गरी सुध्रने प्रतिबद्धता जनाए पार्टीले माफी दिने


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले आफ्नो गल्ती स्वीकार गरी सुध्रने प्रतिबद्धता जनाएमा पार्टीले उनलाई माफी दिने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध प्रयोग गरेको अभिव्यक्तिले उनलाई नै हानि पुगेको बताए ।

The current image has no alternative text. The file name is: ramkumari.jpg

‘उहाँको अभिव्यक्तिले उहाँलाई नै नोक्सान भएको छ । माधव नेपाललाई सिङ्गो मुलुकले भ्रष्टाचारी भन्न सकेको छैन,’ पाण्डेले भने। उनले नेपाललाई अहिले पनि देशको अग्रणी नेताको रूपमा लिइने र उनलाई भ्रष्टाचारी भन्ने कुरा धेरैले नरुचाउने उल्लेख गरे । 

‘झाँक्रीले अध्यक्षविरुद्ध ‘मरेको सिनो’ जस्ता अमर्यादित शब्द प्रयोग गर्नुभयो, जुन मानवीय दृष्टिकोणले पनि स्वीकार्य छैन,’ उनले भने । पार्टीको सचिवालय बैठकमा यस विषयमा छलफल भएको जानकारी दिँदै पाण्डेले भने, ‘यदि झाँक्रीले लिखित रूपमा आफ्नो गल्ती स्वीकार गर्दै यस्ता अभिव्यक्ति दोहोर्‍याउने छैन भन्ने प्रतिबद्धता जनाउनुभयो भने हामी स्पष्टीकरणका आधारमा माफी दिने पक्षमा छौँ ।’ उनले झाँक्रीमाथि कारबाही हुने वा नहुने कुरा उनको जवाफमा निर्भर रहने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्