Logo
Logo

राम्रा कर्मले अमर बनाउँछ, मृत्युमा केही लैजान सकिँदैन : प्रधानमन्त्री 


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य गर्न सबैले सिक्नुपर्ने बताएका छन् । मृत्यु हुँदा मानिसले केही पनि लैजान नसक्ने भन्दै उनले आफ्ना कर्महरूबाट स्मरणीय बन्नुपर्ने जोड दिए । 

The current image has no alternative text. The file name is: oli-pm-1.gif

झापाको बुद्धशान्ति गाउँपालिकाद्वारा सञ्चालित भागिरथा बुद्धशान्ति अस्पतालको शनिवार उद्घाटन गर्दै उनले भने, ‘परोपकारी कार्यले समाजमा प्रेरणा फैलाउँछ र सबैले यसको अनुशरण गर्नुपर्छ । मृत्युमा कुनै सम्पत्ति साथ जाँदैन, तर राम्रा कामले सधैँ स्मरण गराउँछ । १०२ वर्षअघि जन्मिएकी भागिरथा न्यौपानेको नाममा यो अस्पताल स्थापित भएको छ ।’

गत असोज १० गते भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद र कुलप्रसादले अस्पताल भवनको सेवा शुभारम्भ गरेका थिए । त्यतिबेला अस्पतालको नाम विधिवत् रूपमा भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृत भएको थिएन । 

पटक९पटकको प्रयासपछि गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त नाम स्वीकृत गरेपछि शनिवार अस्पतालको विधिवत् उद्घाटन सम्पन्न भएको हो । २०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सुरु भएको यो अस्पताल हाल १० शय्यामा सञ्चालित छ । अस्पतालले स्वास्थ्य बीमा, ल्याब, इको, भिडियो एक्स९रे लगायतका सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्