
काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा बसेकी एक महिलाको सर्पले डसेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको घरछेउको छाउगोठमा सुत्न गएका बेला हिजो राति सर्पदंशबाट ज्यान गएको हो ।
राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।














