Logo
Logo

आज उपत्यकासहित कहाँ-कहाँ छ बाढीको जोखिम ?


378
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले बुलेटिन जारी गर्दै काठमाडौं, ललितपुर, भक्तपुरसहित देशका ३३ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ ।

साथै सोलुखुम्बु, भोजपुर, ओखलढुगां, खोटाङ, काठमाण्डु, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुली, गोरखा, धादिङ, मकवानपर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्यठान, रोल्पा, सल्यान, रुकुम पुर्व, रुकुम पश्चिम, बाग्लुंग, बाजुरा, सुर्खेत, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने छ ।

यस्तै आज २२ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएको भन्दै महाशाखाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्