
काठमाडौं । आइतबार रातिदेखि ललितपुरका केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । नेपाल टेलिकमले सूचना जारी गर्दै दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका आधा दर्जन ठाउँमा सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो ।
आइतबार राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म पाटन कार्यालय अन्तर्गत चक्रपथ पारिको एकान्तकुना, कुसुन्ती, महालक्ष्मीस्थान, नख्खुडोल शोभाहिटी क्षेत्रमा टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुने सूचनामाा उल्लेख छ ।
त्यसैगरि सोमबार मंगलबजार, कृष्ण मन्दिर, पिमबहाल, नाःटोल, डौबहादमा सेवा अवरुद्ध हुनेछ भने मंगलबार धोबीघाट, मलपोखरी, बागडोल र नख्खु विष्णुदेवी क्षेत्रमा सेवा अवरुद्ध हुनेछ ।
ती ठाउँमा सञ्चालित फाइवर टु द होम नेटवर्कको आन्तरिक मर्मत सम्भार गर्नुपर्ने भएकाले टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जानकारी दिएको छ ।












