Logo
Logo

काठमाडौं महानगरले आज नगरसभामा पेस गर्दै बजेट


252
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिकाले आगामी आर्थिक वर्षको बजेट आज नगरसभामा पेस गर्दैछ । आज दिउँसो २ बजे बस्ने नगरसभाको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय भएको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गर्ने छन् । महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्