Logo
Logo

सर्पले डसेर युवतीको मृत्युपछि छाउगोठ भत्काउन निर्देशन


1.2k
Shares

काठमाडौं । कन्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउ गोठ भत्काउन निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए–नभएको निरीक्षण गरि १५ दिनभित्र भत्काइसक्न सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्।

शनिबार बेलुका मात्रै कृष्णपुर–१ मा छाउगोठमा बसिरहेकी २८ वर्षकी कमला दमाईको सर्पको टोकाइबाट निधन भएपछि नगरपालिकाले छाउगोठ भत्काउन भनेको हो ।

’यस कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत भएकोले आ–आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउने र उक्त कार्यकान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने व्यहोरासमेत सम्बन्धितहरूलाई जानकारी गराउनहुन आदेशानुसार अनुरोध छ’ नगरपालिकाको पत्रमा उल्लेख छ ।

२८ वर्षीया दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले ठस्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्