Logo
Logo

मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’को छानबिन गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारे छानबिन गर्न माग गरेकी हुन् ।
‘कास्कीको मालपोत कार्यालयमा को पठाउनेभन्नेबारे सेटिङ, भूमि आयोगमा को पठाउने भन्ने सेटिङ,’ उनले भनिन्, ‘अहिले त बुझियो होला नि भूमि विधेयक पास गर्नुको कारण । एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ, यसको छानबिनको हामी माग गर्छौं ।’

त्यस्तै उनले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मााग गरिन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद श्रेष्ठले भनिन् ।

उनले भनेकी छन्, ‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि ग¥यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।’

उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने माग कायमै रहेको भन्दै आन्दोलन जारी रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्