रौतहट । जिल्लाको – श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याएको भन्दै छात्राका आफन्तले विद्यालय तोडफोड गरेका छन् ।

शिक्षकले छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’लेखेर पठाएपछि विद्यार्थी र अभिभावकले उनीमाथि कुटपिट गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वको टोली उक्त स्थान पुगेको थियो । तर, सम्झाउन र भिडलाई नियन्त्रणमा लिन नसकेपछि एक राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले शिक्षक शाहलाई नियन्त्रणमा लिइसकेको जानकारी दिए ।














