काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ । त्यसका लागि नगरसभा बैठक सुरु भएको छ । आइतबारै बिहान बसेको कार्यपालिका बैठकले महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको २५ अर्ब बराबरको बजेट पारित गरिसकेको छ ।

बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका छन् ।
उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका हुन् । नगर सभामा पेश हुनु पूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आइतबार बिहानै पास गरिसकेको छ ।
गत शुक्रवार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो ।
नीति तथा कार्यक्रम











