Logo
Logo

रास्वपासँग सर्वोच्चले माग्यो मुकुललाई कारबाही गरेको सक्कल कपी


882
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेका कागजात र अभिलेख अद्यावधिकसम्बन्धी कागजात झिकाउन आदेश जारी गरेको छ । 

The current image has no alternative text. The file name is: mukul-dhakal-adalat.jpg

रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ‘मिसिल कागज झिकाउने’ आदेश दिएको हो । 

आदेशअनुसार निर्वाचन आयोगले रास्वपा दर्ता हुँदाका कागजात, दर्तासम्बन्धी आयोगको निर्णय, रास्वपाले ढकालमाथि गरेको कारबाही र त्यससँग सम्बन्धित पत्राचारसहितका सबै कागजात सर्वोच्च अदालतमा पेश गर्नुपर्नेछ । डा। ढकालले आफूलाई रास्वपाको महामन्त्रीमा कायम राखिनुपर्ने र पार्टीले गरेको कारबाहीलाई मान्यता दिन नहुने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्