Logo
Logo

प्रतिनिधिसभालाई आज प्रचण्डले सम्बोधन गर्ने


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

माओवादी केन्द्रले प्रचण्डले सम्बोधन गर्ने दिन संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई सन्देश पठाएकाे छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

त्यस्तै आजको बैठकमा सहरी विकास मन्त्रालयसहितका मन्त्रालयको प्रश्नोत्तरको कार्यसूची रहेको छ । त्यसैगरी, खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्