
काठमाडौं । गएरातिदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी गाउँपालिका–११ को माम्ती खोलामा वर्षासँगै आएको पहिरो हटाएपछि आज बिहानबाट गाडी चल्न थालेका छन्।
आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए ।
बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहान ६ बजेबाट गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल ध्वाजूले जानकारी दिए । माम्तीमा अहिले दुईतर्फी नै गाडीहरू चलिरहेका छन् ।
त्यसैगरि रोसी गाउँपालिका– ९ पिन्थली, रोसी ९ कै बिरुवाडाँडा र कालढुङगामा पनि पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्गमा गाडीहरु चल्न थालेका छ । जेसीभीको सहायतमा तीनै ठाउँको पहिरो हटाएपछि पूर्णरुपमा यातायातका साधन सञ्चालनमा आएका हुन् ।














