Logo
Logo

मध्यराति गोली हानेर भिनाजुले गरे सालीको हत्या


2k
Shares

काठमाडौं । सुनसरीमा भारतीय सीमा क्षेत्र नजिकै गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । गएराति करिब १ बजे हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

अर्सीलाई आफ्नै भिनाजु भारत घर भएका २९ वर्षीय आजात मिया जटले गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

टाउकोमा गोली लागेकी अर्सीको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घटनापछि फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिए । गोली प्रहारको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्