Logo
Logo

चार दिनपछि सञ्चालनमा आयो कोदारीस्थित अरनिको राजमार्ग


189
Shares

काठमाडौं । लगातारको वर्षाका कारण अवरुद्ध कोदारीस्थित अरनिको राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग चार दिनपछि सञ्चालनमा आएको हो ।

गत असार २६ गते बिहान ५ बजे कोदारी क्षेत्रमा पर्ने इकु खण्डमा वर्षासँगै माथिबाट पहिरो खसेपछि सडकको आवागमन ठप्प भएको थियो । जसकारण यात्रु र तातोपानी नाकाक्षेत्रका सवारीसाधनहरूले ठूलो सास्ती खेप्दै आएका थिए ।

चार दिनपछि पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । राजमार्ग सञ्चालनमा आएसँगै बीच बाटोमै रोकिएका कन्टेनरहरु नाका प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्