Logo
Logo

स्पेन प्रकरण : गृहमन्त्रीले बोलाए आकस्मिक बैठक


1k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हालै स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिबारे छानबिन गर्न आकस्मिक बैठक बोलाएका छन् ।

गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहितको बैठक सिंहदरबारमा बस्न लागेको हो । बैठक साढे एक बजे गृह मन्त्रालयमा बस्दैछ ।

बैठकमा स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाउनेमाथि अनुसन्धान गर्न निर्देशन दिइने बताइएकोछ । यसअघि आजै गृहमन्त्री लेखकले गृहसचिव दवाडी र आईजीपी थापालाई बोलाएर यसबारे छानबिनका लागि निर्देशन दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी उक्त कार्यक्रममा स्पेन गएका केही नेपाली नफर्केको भन्दै आलोचना बढ्दै गएको छ । यसैबेला सरकारले छानविन प्रक्रिया सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्