Logo
Logo

ठूला पार्टी मिलेर देश लुट्ने काम कदापि स्वीकार्य छैन: राजेन्द्र लिङ्देन


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएको विषयमाथि गलत व्याख्या गरिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै  उनले ‘चिल आयो चिल आयो’ भन्ने अनि तल चल्ला टिप्ने र जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर ठुला पार्टी मिलेर देश लुट्ने काम कदापि स्वीकार्य नहुने बताए ।

उनले भने, ‘भिजिट भिषा प्रकरणमा उठाएको विषयको गलत व्याख्या नगरियोस् । भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन। विदेश जाँदाखेरी मानिस भिटिज भिसामा जाने हो। तर, भिजिट भिसामा जाने बहानामा रकम असुली गरेर वेरोजगार युवाहरूको रोजगारी खोज्ने अवसरमाथि कमाउने धन्दा सरकारको तर्फबाट सुनियोजित ढङ्गले जुन गरिएको छ यसको विरोध गरिएको हो ।’

उनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोगको खोजी समेत गरे । लिङ्देनले सरकारका मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको अवस्थामा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोग कहाँ छरु भन्दै प्रश्न गरे । 

नैतिकता र सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा माग्ने वा बर्खास्त गर्नुपर्ने उनको भनाइ छ । उनले ‘चिल आयो चिल आयो’ भन्ने अनि तल चल्ला टिप्ने र जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर ठुला पार्टी मिलेर देश लुट्ने काम कदापि स्वीकार्य नहुने बताए ।

लिङदेनले संसद्मा दुई पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास संसदीय इतिहासमा कालो समय भएको जिकिर गरे । विरोधकाबीच सदन चलाउने प्रयास केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र नभई सभामुखको कार्यकालको सबैभन्दा कालो समयको रूपमा उल्लेख रहने उनले बताए । उनले भने, ‘यो संसदीय इतिहासमा कालो समय हो। संसद्मा दुई महत्त्वपूर्ण राजनीति पार्टीहरूले डेढ महिनादेखि विरोध जनाइराख्दा खेरी जबरजस्ती संसद् चलाउने प्रयास भइरहेको छ। सरकारको उदासिनको कुरा मात्रै होइन सभामुखको कार्यकालको सबैभन्दा कालो समयको रूपमा पनि यसले देखाउँछ। ‘

प्रतिक्रिया दिनुहोस्