Logo
Logo

भ्रष्टाचारबारे ओलीलाई प्रचण्डको प्रश्न- चित्रगुप्तलाई के दिने बयान ?


1.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ पुग्यो त्यहाँ भ्रष्टाचार भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारबारे चित्रगुप्तलाई बयान दिन तयार छु भन्ने अभिव्यक्ति स्मरण होला ?’ भन्दै कटाक्ष गरे ।

उनले भने, ‘अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीजीले के बयान दिने होला ? देशभित्र मात्र नभएर विदेशमा समेत जहाँ–जहाँ प्रधानमन्त्री पुग्नुहुन्छ । त्यहाँ केही न केही बेथितिका खबर आउँछन् । अहिले स्पेनबाट पनि त्यस्तै आएको छ ।’

उनले गत वर्ष अमेरिका जाँदा केके भएको थियो सम्झिएकै होला भन्दै कटाक्ष गरे । उनले भने, ‘अहिले स्पेनकोबारे कति हुनुहुन्छ हुनुहुन्न । मेरो आरोप होइन । तर, तपाईंले टेकेको ठाउँमा विवाद आउने गरेकोबारे पक्कै पनि ध्यान दिनुभएको होला ।

प्रतिक्रिया दिनुहोस्