Logo
Logo

‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवालका व्यापारिक साझेदार पक्राउ 


1.5k
Shares

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवालका व्यापारिक साझेदार नरेशकुमार चेङवाङ पक्राउ परेका छन । तेह्रथुमको फेदाप गाउँपालिका–४ घर भई न्युरोड बस्ने ४७ वर्षीय चेङवाङलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

चेङवाङविरुद्ध असार ६ मा काठमाडौं जिल्ला अदालतले ४ करोड रुपैयाँको बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । सिन्धुलीका राजकुमार बरालले दिएको ४ करोडको चेक बाउन्स भएको भन्दै बैङ्किङ कसुरको जाहेरी जिल्ला प्रहरी परिसरमा दर्ता गरेका थिए ।

यसअघि, असार १३ मा टावरका ठेकेदार मनोज भेटवाल पनि १० करोड बिगोको बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका थिए । अदालतले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि ६ दिन हिरासतमा बसेर रिहा भएका थिए । प्रहरीका अनुसार, चेङवाङ जलेश्वर बिकोई विलडर्स प्रालिमा आबद्ध छन् र भेटवालका व्यापारिक साझेदार हुन् । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स लिमिटेड घोटाला काण्डमा पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्