Logo
Logo

घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड


1.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो काम भनेका छन् ।

The current image has no alternative text. The file name is: prachand-4.gif

सोमबार संसद्‌मा सम्बोधनपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो त लाजमर्दो कुरा भयो, देशकै बेइज्जत भइराखेको छ, सरकारको त कुरै छोडिदिनुस्, लाज पचाएको जस्तो भएको छ ।’

उनले भने , ‘सुशासन आयोगको अध्यक्ष भनेर सरकार आफैँ बस्ने आफ्नै क्याबिनेटका मन्त्रीहरूको खुलेआम अडियो र भिडियो बाहिर आउँदा पनि केही गर्न नसक्ने भनेपछि यो भन्दा कमजोर, लाचार र निरीह सरकार अरू हुनै सक्दैन ।’

प्रचण्डले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन टीआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी पनि गरे । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो ।

उनले टीआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिएको स्मरण पनि गरे । प्रचण्डले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरामा सरकारसँग केही पनि साँठगाँठ नगरेको जिकिर गरे ।

‘टीआरसीसँग फेरि विभिन्न प्रकारका अरू-अरू पनि साटिए, बेला बेला कुलमान साटिए भनेर भन्ने चर्चा पनि छ। त्यो होइन। बिल्कुल गलत कुरा हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्