Logo
Logo
नरहरि घिमिरेलाई विमानस्थल अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारी

अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालालाई हटाइयो


5k
Shares

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई एक महिना नपुग्दै जिम्मेवारीबाट हटाएको छ । मङ्गलवार गृहमन्त्रीस्तरीय निर्णयअनुसार कोइरालाको सरुवा गरिएको हो ।

उनलाई गत ६ जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाइएको थियो । यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको जानकारी पाएपछि मन्त्रालयले उनलाई हटाएर कोइरालालाई जिम्मेवारी सुम्पेको थियो ।

कोइराला कार्यालयमा हाजिर हुन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेको थियो, जसमा सहसचिव भट्टराई पक्राउ परेका थिए । पछि उनी हाजिर जमानतमा रिहा भएका थिए । अहिले कोइरालालाई हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई विमानस्थल अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्