Logo
Logo

ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, २ जना घाइते


315
Shares

काठमाडौं । सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा करेन्ट लाग्दा तीन जना घाइते भएका थिए ।

घाइते भएकामध्ये ट्रकका सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो । अन्य दुई जना २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन् । उनीहरुको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्