Logo
Logo

रास्वपाले आज किन गर्दैछ पत्रकार सम्मेलन ?


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । रास्वपाले आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गर्ने भएको हो ।

पत्रकार सम्मेलनमार्फत समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा सार्वजनिक गर्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिशोध भएको भनेर हस्ताक्षर अभियान चलाइरहेको छ ।

हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्