Logo
Logo

रामेछापमा २७ वर्षीया युवतीमाथि खुकुरी प्रहार


504
Shares

काठमाडौं । रामेछापमा एक युवतीमाथि खुकुरी प्रहारा भएको छ । बुधबार साँझ उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् ।

ढाडमा खुकुरीले लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

खुकुरी प्रहारपछि फरार रहेका रजिनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरि घटनाबारे थप अनुसन्धान सुरु गरिएको रामेछापका प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्