Logo
Logo

रास्वपाको नाम र चुनाव चिह्न हटाउन माग गर्दै उजुरी


4.3k
Shares

काठमाडौं । आफुलाई अभियान्ता बताउँदै आएका युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनले पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको र धार्मिक विश्वासको केन्द्र रहेका घण्टी चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु आपत्तिजनक रहेको भन्दै दुबै हटाउन गर्न माग गरेका छन् ।

उनले निवेदनमा भनेका छन्, ‘पार्टी स्वतन्त्र हुन सक्दैन । त्यसका आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन् । स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रमित पार्ने काम भएको छ । मतदाताको आँखामा छारो हाल्ने प्रयास हो ।’

त्यस्तै, उनले हिन्दु धर्ममा पूजा–आराधनाका क्रममा प्रयोग हुने घण्टी धार्मिक आस्था, विश्वास र मूल्यसँग गाँसिएको प्रतीक भएको उल्लेख गरेका छन् ।

‘धार्मिक विश्वासको केन्द्र रहेका चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु आपत्तिजनक छ । यो धर्मनिरपेक्षताको मर्म विपरीत पनि हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्