Logo
Logo

 सरकार दिन गन्दै बरालिन थाल्यो : गगन थापा 


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकार बरालिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको थापाको भनाइ छ । 

The current image has no alternative text. The file name is: gagan-thapa.gif

कांग्रेस कार्यालय सानेपामा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।’

निर्वाचन अघिको समय सुविधा नभएको थापाले बताए । ‘बेला बेला प्रधानमन्त्रीले के भनेको सुन्छु भने अब एक वर्ष म हुन्छु । एकवर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु । त्यो हिसाबकिताबको बारेमा अहिले कुरा नगरौँ । सरकार भनेको दिन गनेर बस्ने हो र रु अब हामी ३६५ दिनबाट घट्यो अब ३६४, ३६३ दिन भयो हाम्रो पालो आयो भन्दै बस्ने हो र ?’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्