Logo
Logo

विदेशमा रहेका मतदातालाई भोट हाल्ने वातावरण मिलाउन सर्वोच्चको ताकेता


1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगलाई वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार (भोट हाल्ने) प्रदान गर्ने यसअघिको आदेश कार्यान्वयन गर्न ताकेता सहितको आदेश दिएको छ । 

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई १ साउन (आज) ताकेता सहितको आदेश दिएको हो । अदालतले २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आदेश दिएको थियो । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा उक्त आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेश कार्यान्वयन नभएको जनाउँदै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए । न्यौपानेको निवेदन अनुसार अदालतले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।

विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिनसक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहको नागरिकहरूको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान हुनसक्ने वातावरण मिलाउनू’ अदालतको आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्