काठमाडौं । तोकिएको अवधिमा लाइसेन्स नवीकरण नगर्ने ३७ वटा निर्माण कम्पनीको लाइसेन्स (इजाजतपत्र) खारेज गरिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३७ वटा कम्पनीको सूची सार्वजनिक गर्दै लाइसेन्स तोकिएको अवधिमा नवीकरण नगरेकाले स्वतः खारेज भएको जनाएको छ ।

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार यस्ता कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान छ । तर सो अवधिमा नवीकरण गर्न नआएपछि स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।
यी हुन् लाइसेन्स खारेज भएका कम्पनीहरू











