Logo
Logo

न्यायाधीश भरत लम्सालले दिए राजीनामा


12.6k
Shares

काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले राजीनामा दिएका छन् ।

उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत लम्सालले बिहीबार न्याय परिषदमा राजीनामा बुझाएका हुन् । स्वास्थ्य घरायसी अवस्थालाई कारण देखाउँदै आजैबाट लागू हुने गरी हिजो राजीनामा दिएको उनले बताए ।

२०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो । तर, ३७ वर्ष न्याय सेवामा समय विताएका उनले अव स्वतन्त्र रहने भन्दै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्