Logo
Logo

विद्यालाई रोक्ने निर्णयप्रति महासचिव पोखरेल दंग


5.7k
Shares

काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनमा विद्या भण्डारीलाई रोक्ने निर्णय गरेपछि महासचिव शंकर पोखरेल खुसी भएका छन् । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै एमालेमा दुई धार देखिएको छ ।

भण्डारीलाई रोक्ने पक्षमा रहेका महासचिव पोखरेलले केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयप्रति खुसी व्यक्त गर्दै एमालेमा विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन् ।

बिहीबार राति अबेरसम्म चलेको सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने र आगामी भदौमा हुने विधान धिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक लगाउने निर्णय गरेको थियो । उक्त सन्दर्भमा महासचिव पोखरेलको शुक्रबार बिहान यस्तो अभिव्यक्ति आएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन–८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’

एमाले सचिवालय बैठकले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ । एमाले सचिवालयको यो निर्णयले भण्डारीलाई एमालेको भदौ तेस्रो साता हुने विधान महाधिवेशनमा प्रतिनिधि बन्ने पाउने छैनन् । त्यस्तै आगामी महाधिवेशनमा समेत भाग लिने बाटो बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्