Logo
Logo

सचिवालयले गरेको निर्णय परिमार्जन गर्न पोलिटब्युरोलाई पोखरेलको आह्वान


5.2k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिजो बसेको पार्टी सचिवालय बैठकले गरेको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमाार्फत असन्तुष्टि जनाउँदै आगामी केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पु¥याउन पार्टीका पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका हुन् ।

बिहीबार मध्यरातसम्म बसेको सचिवालय बैठकले पार्टीमा बरिष्ठ उपाध्यक्ष पद हटाउने, भदौमा हुने विधान अधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक लगाउने निर्णय लगायतका निर्णय गरेको थियो । उक्त निर्णय आज दिउँसो बस्ने पोलिटब्यूरो बैठकमा पेस गरिँदैछ ।

सचिवालयले भण्डारीलाई रोक्नेगरि दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको सन्दर्भमा पोखरेलले उक्त निर्णय सच्याउन पोलिटब्यूरोलाई आग्रह गरेका हुन्।

‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा)माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो,’ उनले भन्का छन्, ‘आज पोलिटब्यूरो सदस्यहरूका बिचमा छलफल हुनेछ! पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल र वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !’

गएको असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गर्दा पोखरेलले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्