Logo
Logo

नेपाल-चीनबीचको सम्बन्ध बलियो बनाउन कुनै कसर बाँकी राखिँदैन : प्रधानमन्त्री


315
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्न आवश्यक रहेको बताएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा शुक्रवार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताए ।

नेपाल–चीनबीच अत्यन्तै पुराना र ऐतिहासिक कूटनीतिक सम्बन्ध भएको भन्दै यस्तो कार्यक्रमले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको उनको भनाइ छ ।

उनले भने, ‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउने छ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरू लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू हुन्छन् । दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन ।’

प्रतिक्रिया दिनुहोस्