काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारका कारण देश राजनीतिक सङ्कटमा फसेको बताए ।

शुक्रवार नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा सभामा खनालले राजनीतिक सङ्कटबाट पार लगाउन वामपन्थीहरू एकजुट हुनुपर्ने बताए ।
उनले सरकारमा रहेका दुई ठुला पार्टी नेकपा एमाले र नेपाली कांगे्रसलाई हात्ती संज्ञा दिँदै भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको पक्षमा छैन ।’
२०७५ सालमा एमाले र माओवादी मिलेर कम्युनिस्ट आन्दोलन एकताबद्ध भएपनि दक्षिणपन्थी अवसरवाद हाबी भएका कारण देशमा राजनीतिक सङ्कट गहिरिँदै गएको उनको भनाइ छ ।














