काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई जिम्मेवारीबाट पदमुक्त गरेका छन् ।

शुक्रवार अध्यक्ष लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन् ।
गिरी मनोनित उपाध्यक्ष हुन् । यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए ।
सुवेदी र लावतीलाई पदमुक्त गर्ने अध्यक्ष लिङ्देनविरुद्ध उपाध्यक्ष गिरीसहित अर्का उपाध्यक्ष उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।















