काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेस गरेका छन् ।
अहिले प्रतिवेदनमाथि छलफल भइरहेको छ ।














