Logo
Logo

सबै यातायातको नियमन एउटै निकायबाट हुनुपर्छ ; सोबिता गौतम


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट हुनुपर्ने बताएकी छन् । 

The current image has no alternative text. The file name is: sobita-gautam.gif

शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा उनले पछिल्लो समय यातायातको दायरा धेरै ठुलो भइसकेकाले सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालयअन्तर्गत राख्नुपर्ने बताइन् । 

उनले भनिनन्,’यातायात सुरक्षालाई एकदमै नजिकबाट हेर्नुपर्ने आवश्यकता रहेको छ । सबै प्रकारका यातायातका सबै साधनहरूलाई एकै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दाखेरी उपयुक्त हुन्छ ।’ 

उनले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रस्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रह गरिन् । उनले हवाई यातायात अलिकति सेफ मानिए पनि सडक दुर्घटना धेरै भइरहेकाले यसलाई पनि मध्यनजर गर्न आवश्यक रहेको बताइन् ।  उनले भनिनन्,’यो विधेयकमा सेवा दिने संस्थाले राम्रो सेवा दिनुपर्‍यो । सेवा प्रदायक संस्था हुने भएको यस प्राधिकरणले आम्दानी राम्रै गर्ला ।  तर नियमनकारी निकायले कसरी जोहो गर्छ त रु यो प्रश्न सैद्धान्तिक रूपमा उठेको कारणले यसरी हेर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्